शनिबार, ६ बैशाख २०८२ २२:१२

शुक्रबारबाट नेपाल शिक्षक महासंघले गर्यो रिले अनसन सुरु

शुक्रबार, १५ श्रावण २०७८ १४:५४

साउन–१५ | विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन सुरु गरेको छ । पटक पटक आफ्नो मागका बिषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा रिले अनसन सुरु गरेका हुन् । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ । संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्घि गर्ने लगायत माग महासंघले राखेको छ । यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्घको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको महासंघका सचिव जिपि चौलागाईले जानकारी दिनुभयो । उहाले अव पनि आफुहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबारदेखि नै महासंघले ७५३ पालिकामा रिले अनसन सुरु गरेको छ । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।