आईतवार, ७ बैशाख २०८२ ०३:०४

मलाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो-विमला वली

बिहीबार, २१ श्रावण २०७८ १३:३२

साउन २१ । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले मुख्यमन्त्री कार्यालयमा आफूलाई बन्धक बनाएर राखिएको आरोप लगाउनुभएको छ । वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कार्यकालयमा आफूलाई बन्धक बनाएर राखिएको बताउनुभएको हो । यसअघि उहाले कहिले नेकपा एमाले त कहिले माओवादी केन्द्रमा रहेको भन्दै अभिव्यक्ति दिँदै आउनुभएको थियो भने साउन १५ यता उहाँ माओवादी केन्द्रसँग सम्पर्क बाहिर रहनुभएको थियो ।

साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उहाले बताउनुभयो ।

साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको उहाले आरोप लगाउनुभयो । त्यस्तै उहाले आफूले नेकपा माओवादी केन्द्र रोजेर २०७८ वैशाख १७ गते प्रदेशसभा सदस्यता हासिल गरेको पनि स्पष्ट पार्नुभयो । आफू नेकपा माओवादी केन्द्रप्रति पूर्ण प्रतिबद्ध भएको उहाको भनाई छ ।

राजनीति र सरकारको खेलमा यस्तो घटना पहिलो पटक बेहोर्न परेको भन्दै उहाले नेकपा (एमाले) ले यस्तो अराजनैतिक र अनैतिक काम गर्ला भनेर नसोचेको तर्क गर्नुभयो । यस घटनाबाट गम्भीर शिक्षा प्राप्त भएको र अझै परिपक्व बनाएको उहालेब ताउनुभयो ।

आफ्नो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको वलीले बताउनुभयो ।