शनिबार, ६ बैशाख २०८२ २२:११

नमस्ते एकेडेमीमा कक्षा ११ शुरु, ब्रिटिस शिक्षा दिइने

शनिबार, ३० श्रावण २०७८ ०८:५९

साउन–३०, हेल्लो नेपाल। नमस्ते एकेडेमी तिलोत्तमा रुपन्देहीले उच्च शिक्षाका लागी विदेश जाने परम्पराको अन्त्य गर्ने उद्घोष गरेको छ । एकेडेमीले पत्रकार सम्मेलन गर्दै यस वर्ष देखी कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकाय कक्षा शुरु गर्ने जनाएको छ ।

एकेडेमीले ब्रिटिस कलेजसंग सहकार्य गरी अन्तराष्ट्रियस्तरको शिक्षा दिने तयारी थालेको समेत उक्त अवसरमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुषालले अभिभावकको चाहाना र समयको माग अनुसारको शिक्षा प्रदान गर्न एकेडेमी सफल भएको बताउनुभयो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नीजि क्षेत्रबाट शिक्षा क्षेत्रमा एकेडेमीले दिएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी भए पनि त्यो अनुरुप प्रतिफल प्राप्त हुन नसकेको बताउदै नीति क्षेत्रको साथ र सहयोगबाट मात्र शैक्षिक क्षेत्रको विकासमा योगदान पुग्ने दावी गर्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै द ब्रिटिस कलेजका सिईओ राजन कंडेलले नमस्ते एकेडेमीसंग सहकार्य गरि पश्चिम एशियाकै नमुना शिक्षा दिने संस्थाका रुपमा एकेडेकीलाई विकास गरिने जानकारी दिनुभयो ।

यो भिडियो पनि हेर्नूहोस् –

पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे,एकेडेमीका लगानीकर्ता डिल्लीनारायण पाण्डे, तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, एकेडेमिका डाईरेक्टर मार्क बार्थोलोमिउ,एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुषाल , ब्रिटिस कलेजका सिईओ राजन कंडेल,प्राचार्य कमल सापक‍ोटा,सहप्राचार्य लिलामणी पाण्डे,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापा लगायतको सहभागी रहेको थियो ।
पत्रकार सम्मेलनमा एकेडेमीले एसईई २०७७ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।