शुक्रबार, १२ बैशाख २०८२ १९:०५

देवदह – ११ मा ब्लान्केट वितरण

बुधबार, २४ माघ २०८० १५:३०

देवदह - ११ मा ब्लान्केट वितरण

देवदह । देवदह नगरपालिका वडा नं ११ मा ब्लान्केट वितरण गरिएको छ ।  वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट १३५ वटा  ब्लान्केट वितरण गरिएको वडा अध्यक्ष दुधनाथ यादवले जानकारी दिए । 

वडाभित्र रहेका सामाजिक सुरक्षा भत्ता लिने उमेर नभएका एकल महिला र विशिष्ट शारीरिक क्षमता भएका १३५ जना वडावासीलाई जाडोबाट जोगिन सहज होस् भन्ने उद्देश्यले ब्लान्केट वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित २ लाख ४० हजार रूपैयाँले ब्लान्केट खरिद गरि बुधबार नगर प्रमुख ध्रुवप्रसाद खरेलको उपस्थितिमा वडा कार्यालयले ब्लान्केट वितरण गरेको हो । जसमध्ये १०० ब्लान्केट वितरण गरिएको र ३५ ब्लान्केट पछि वितरण गरिने कार्यक्रम रहेको वडाले जनाएको छ ।