शुद्दोधनको फर्साटिकरमा २ दिने फुड फेस्टिवल हुने , लाइभ दोहोरी र सांस्कृतिक खाना परिकारहरु फेस्टिवलको आकर्षण

शुद्दोधन- जेनेरेसन मल्टि मिडियाको आयोजनामा फुड फेस्टिवल हुने भएको छ। विबिध सांस्कृतिक मनोरञ्जन सहित नयाँ बर्ष २०७९ लाई स्वागत गर्न रुपन्देहीको फर्साटिकरमा उक्त फुड फेस्टिवल हुन लागेको हो । परम्परागत र सांस्कृतिक खानाका परिकारहरु प्रदर्शन हुने उक्त फेस्टिवलमा रमाइलो बाल उधान पनि मुख्य आकर्षकको रुपमा रहने आयोजकले जनाएको छ। शुद्धोधन गाउपालिका वडा नं. ३ र ४, फर्साटिकर व्यापार संघ,फर्साटिकर युवा क्लव, आमा समूह,शुद्धोधन सुनचांदी व्यबसायी संघ, शुद्धोधन सियारी बिधुत व्यबसायी संघ, नेपाल मगर संघ,शुद्धोदन र चारपाला सामुदायिक बन उपभोक्ता समूह मुख्य सहयोगी संस्थाहरुको रुपमा रहेको फुड फेस्टिवल २०७८ चैत्र ३० र २०७९ बैसाख १ गते दुई दिन सम्म संचालन हुने आयोजक जेनेरेसन मल्टिमिडियाका रवि रानाले जानकारी दिनु भएको छ।
बिशेषगरी स्थानिय खानाका परिकारहरुको प्रचार प्रसार गरी शुद्धोदन भित्र रहेका पर्यटकिय स्थहरुको पर्यटन प्रबद्र्धन गर्ने लक्ष लिई फेस्टिवलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। लाईभ दोहोरी, परमपरागत सांस्कृतिक झांकी प्रदर्शनी सहित भ्योमा, आग्रह व्याण्ड, सरगम चौधरी, संगित पौडेल लगायत कलाकारहरुको डिजे प्रस्तुतिले फेस्टिवलको थप आकार्षक बनाउने छ। नयाँ बर्ष बि.सं. २०७९ लाई स्वागत गर्न चैत्र ३० गते सांझ ४ बजे देखि शुरु हुने फुड फेस्टिवलमा स्थानिय कला र संस्कृतिको प्रबद्र्धनलाई बिशेष प्राथमिकता दिइने जेनेरेसन मल्टिमिडियाका रवि रानाले जानकारी दिनु भएको छ। यसैगरी फेस्टिवलको सह आयोजकमा रिद्धि सिद्धी रिसोर्ट रहेको छ भने नमन सर्फ, कृष्ण कार्डवोर्ड ईण्ड्रस्ट्रिज, सुमना फुड्स प्रोडक्ट, रेड चिल्ली एग्रोफर्म प्रा.लि., लुम्बिनी म्याक्स डिजिटल, सुपर डिजाइन इन्जिनियरिंग, एक्सेस कम्प्युटर एण्ड एजुकेशन र नेपाल निर्माण सम्बद्ध श्रमिक संघ, फर्साटिकर फेस्टिवललाई प्रायोजन गरेका छन।