मंगलवार, १७ असार २०८२ २१:४९

शुद्धोधन जेसिज द्वारा आयोजित जेसिज सप्ताह सम्पन्न

बुधबार, १ असार २०७९ १४:४०

असार १

शुद्धोधन जेसिजले जेसिज सप्ताह विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ।

जेसिज बर्ष २०२२ का अध्यक्षको प्रकरण कार्यसम्पादन बाट नै युवाको बिकास मा रहि जेठ २४ गते देखि सुरु गरेको सप्ताह जेठ ३१ गते सम्पन्न गरेको हो। जेसिज सप्ताह अन्तर्गत जेसिजले ट्राफिक सचेतना कार्यक्रम , बक्तृत्वकला प्रतीयोगिता, शुद्धोधन सिङ्गिङ आईडल, कर ,लेखा परिक्षण तथा आर्थिक मन्दिका सन्दर्भमा अन्तर्कृया, संसदिय बैठक प्रणाली तालीम, ब्याडमिन्टन प्रतीयोगिता, शैक्षिक सामाग्री हस्तान्तरण सम्पन्न गर्दै समापन समारोहमा पुरस्कार बितरण एवम् जनप्रतिनिधि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो।

शुद्धोधन जेसिज वर्ष २०२२ अध्यक्ष जेसि मुकेश कुवँरको अध्यक्षता, नेपाल जेसिज बर्ष २०२२ का अध्यक्ष जेसिआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यता , नेपाल जेसिज बर्ष २०२२ कार्यकारिणी उपाध्यक्ष अनील बहादुर शाहिको बिशिस्ट आतीथ्यता नेपाल जेसिज बर्ष २०२२ कानुनी सल्लाहकार राजेन्द्र घिमिरे , नेपाल जेसिज २०२२ बोर्ड प्रमुख सल्लाहकार कमल भण्डारी , शुद्धोधन जेसिज संस्थापक अध्यक्ष जेसिआई सिनेटर रमेश खनाल, पुर्व अध्यक्ष चुडामणी डुम्रे , निवर्तमान अध्यक्ष रामजी पौड्याल , विभिन्न जेसिजका शाखा अध्यक्षहरु, शुद्धोधन गा पा का विभिन्न बार्डका अध्यक्ष , सचिब बार्ड सदस्य सहभागी कार्यक्रममा शुद्धोधन गाउँपालीकामा स्थानीय तहमा निर्वाचीत जनप्रतिनिधिहरुलाई सम्मान गरि बक्तृत्वकला प्रतीयोगित र सिङ्गिङ आईडल प्रतीयोगिताको फाईनल समेत गरिएकोमा बक्तृत्वकला तर्फ क्रमश स्वप्नील डुम्रे, स्प्रिहा सुवेदी ,ईच्छा सुवेदी र लक्ष्मि खनाल प्रथम , दित्तीय , तृतीय र सान्त्वना भएका थीए भने सिङ्गीङ आईडलमा राधिका कडेल,कसिका गुरुङ ,ईच्छा सुनार बिमल पराजुली सान्त्वना , तृतीय , दित्तीय, प्रथम भएका थिए।

जेसिज बर्ष २०२२ कार्यकारिणी उपाध्यक्ष रुपा पराजुली डुम्रेको स्वागत ,शुद्धोधन ४ का वार्ड अध्यक्ष एवम् गाउँपालीका प्रवक्ता केशब प्रसाद अधिकारी , जेसिजका संस्थापक अध्यक्ष रमेश खनाल , नेपाल जेसिज बर्ष २०२२ कार्यकारिणी उपाध्यक्ष अनील बहादुर शाहि, नेपाल जेसिज बर्ष २०२२ अध्यक्ष लालमणी भण्डारीको मन्तव्य , कार्यक्रम संयोजक रमेश गौतमको धन्यवाद ज्ञापन एवम् जेसिज वर्ष २०२२ महासचिव महेन्द्र गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा संसदिय बैठक प्रणाली तालीममा सहभागी हरुलाई प्रमाणपत्र तथा अन्य प्रतीयोगिताका बिजेताहरुलाई प्रमाणपत्र , ट्रफी र पुरस्कार प्रदान गरिएको थियो।

Gagal mengambil konten.