सोमबार, ८ बैशाख २०८२ ०९:०७

बुटवलमा भदौ ३ मा कंगारु अल नेपाल रोड शो हुने, कंगारु एजुकेसन फाउन्डेसनको सम्पूर्ण तयारी पुरा

बुधबार, ३१ श्रावण २०८० १४:२४

साउन ३१ |

बुटवल कंगारु एजुकेसन फाउन्डेसनको आयोजनामा यहि आउदो भदौ ३, आइतवार कंगारु अल नेपाल रोड शो इभेन्ट हुने भएको छ ।

कंगारु एजुकेसन फाउन्डेसन बुटवल शाखाका निर्देशक दिपेश अर्यालका अनुसार उक्त कार्यक्रममा बैंक, आईईएलटीएस, पीटीई,  संगै अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, यूके गरि करिब २० वटा भन्दा बढी युनिर्भसिटिका प्रतिनिधिहरु संग सिधै काउन्सिलिंग गर्न सकिने बताउनुभयो । उहाँले कार्यकममा सहभागी भै १००% सम्म स्कोलारशिप प्राप्त गर्न सकिने हुनाले पनि सम्पूर्णमा उपस्थित भै अवसर नगुमाउन समेत आग्रह गर्नुभयो ।

नेपाल सरकार शिक्षा मन्त्रालय बाट स्वीकृत प्राप्त कंगारु एजुकेसन फाउन्डेसनले २०१८ भन्दा पहिले देखि नै यस किसिमको इभेन्ट आयोजना गर्दै आएको जनाएको छ  । देश ब्यापी रुपमा संचालन भैरहेको उक्त शो इटहरी, चितवन हुदै भाद्र ३ गते आइतबार बुटवल मिलनचोक अवस्थित कंगारु एजुकेसन फाउन्डेसनको भवनमा हुने आयोजकले जनाएको छ ।