बिहीबार, १५ चैत्र २०८० १७:२६

केदली सिसवा सडकखण्ड पिच नभएको भन्दै स्थानीयले बनाए संघर्ष समीती

आईतवार, ७ फाल्गुन २०७९ १५:३६

शुद्धोधन, फागुन ७

पुर्व पश्चिम लोकमार्गदेखी लुम्बिनी जोड्ने छोटो र रुपन्देहीको पुरानो सडक केदली कोटहिया सडक स्तरउन्नती नभएको भन्दै बनगाई देखि कोटहीया ( बनगाई, भुजौली, पुरैनी , बभनीडाडा, नौडीहवा , गुरौली,भैरहवा, कोटहिया) का स्थानीयले सडक निर्माणका लागि दबाब दिन संघर्ष समिति बनाएका छन्।

सडकखण्ड अन्तर्गतका टोल बिकास संस्था अध्यक्ष , सरोकारवाला तथा स्थानीयको उपस्थितिमा बिष्णु गौतमको संयोजकत्वमा बनेको समिति ६१ सदस्यिय रहेको छ । प्रजातन्त्र दिवसको अवसरमा शुद्धोधन ५ बभनीडाँडा नर्मदेश्वर महादेब मन्दिर परिसरमा गरिएको भेलामा स्थानीयले २०१८ साल भन्दा पुरानो सडक भएतापनी जनप्रतिनिधिको उदासिनताले यो सडक निर्माण नभएको बताए। यो सडक खण्ड हरेक निर्वाचनमा भोट माग्ने बाटो बनाउने तर निर्माण नगर्ने गरिएका कारण यो सडकलाई नमुना सडकको रुपमा निर्माण गराउने उद्धेश्य अनुरुप संघर्ष समिती बनाईएको समितिका सचीब महेन्द्र गौतमले बताएका छन्।

फागुन १२ गते स्थानीय तह , प्रदेश साँसद, प्रतिनिधि सभा साँसदको सम्पर्क कार्यालय लगाएतमा बाक्लो स्थानीयको उपस्थितीमा १ हप्ते अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएसंगै सुरुहुने एवम् जनतालाई महशुश हुनेगरी काम सुरु नभएको खण्डमा आवश्यकता अनुरुप थप कार्यक्रमहरु सहितको तालीका सार्वजनिक गरिने संघर्ष समितीका संयोजक गौतमले बताएका छन् ।