मंगलवार, १७ असार २०८२ १८:४९

शुद्दोधनमा माघी तथा खिचडी महोत्सव-२०७९ को तयारी पुरा

शनिबार, २३ पुष २०७९ १४:२७

शुद्दोधन । रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नं ५ मानपकडीमा  माघी तथा खिचडी महोत्सव-२०७९ सञ्चालन हुने भएको छ ।

थारु नव वर्षको अवसरमा थारु कल्याणकारीणी सभा, शुद्दोधनको आयोजनामा धार्मिक तथा पर्यटकीयस्थल भुनेश्वरी कोटहीमाई मन्दिर दर्बाहवामा माघी महोत्सव सञ्चालन हुन लागेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको  हो ।

पुष २९ र ३० गते आयोजना हुने महोत्सवमा थारु कला, संस्कृति, भेषभुषा झल्कने गरि विभिन्न प्रर्दशनी राखिने र थारु समुदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने अभिप्रायले महोत्सव आयोजना गरिएको थारु कल्याणकारणी सभा शुद्दोधनका अध्यक्ष पल्टन चौधरीले बताउनुभयो। उहाँले  शुद्दोधन गाउँपालिका एक थारुहरुको बाहुल्यता रहेको क्षेत्र भएका कारण यस किसिमको कार्यक्रमले थारु को पहिचानलाई उजागर गर्ने कुराको जानकारी दिदै सम्पूर्णमा कार्यक्रम अवलोकन को लागि समेत आग्रह गर्नुभयो  ।

त्यस्तै कार्यक्रममा बोल्दै थारु कल्याणकारणी सभाका जिल्ला कोषाध्यक्ष चन्द्रभान चौधरीले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्ने र थारु समुदायको मौलिक कला संस्कृति देशको मौलिक चिनारी भएकाले यसको संरक्षणमा हामी सबै  लाग्नुपर्ने बताउनुभयो । शुद्दोधन गाउँपालिका वडा नं ५ का वडाध्यक्ष समेत रहेका चौधरीले थारु कल्याणकारीणी सभा स्थापना गर्नुको उद्देश्य सहित सभाको पृष्ठभूमि पनि स्मरण गर्नुभयो ।

२ दिन सम्म संचालन हुने  महोत्सवमा करिव १५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ । महोत्सव  अवधिभर थारु समुदायको खानाका परिकारका स्टल सहित ख्याती प्राप्त राष्ट्रिय थारु कलाकार अञ्जु कुस्मी (फुलकुमारी) दिपेन चौधरी,सरगम चौधरी, मिलन चौधरी, घनश्याम सेन्चुरी लगायतका स्थानीय कलाकारहरु सहभागी हुनेछन् ।

Gagal mengambil konten.