गफाडिदेखि सचेत रहन महेन्द्र यादबकाे आग्रह

भैरहवा ।
रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट एमाले, राप्रपा, जसपाकाे ३ दलिय तालमेलबाट लुम्बिनी प्रदेश सभामा उम्मेदवा रहेका जसपा नेता महेन्द्र यादबले अाफुलाई बाेल्न भन्दा काम गर्न मन पर्ने बताएका छन् ।
उनले भैरहवामा अायाेजित कार्यक्रममा बाेल्दै भने, ” म बाेलेर भा्दा काम गरेर देखाउन चाहन्छु ” यादबले दशकाैदेखि राजनितिक निस्ठाकाे साथ समग्र मधेशकाे विकास गर्दै सामाजिक सहअस्तित्व र अापासि भाईचारा अभिवृद्धि मा गरेकाे मेहनतकाे प्रतिफल जनताकाे मतदान प्राप्त गर्ने विश्वास समेत ब्यक्त गरे । उनले अासन्न मंसिर ४ काे निर्वाचनमा अाफ्नाे प्रतिस्पर्धा काेहिसँग नहुनेगरि जनताले मत दिने अाश्वासन दिएकाे जिकिर गर्दै केही अन्य उम्मेदवारले जनता झुक्काउनेगरि सपनाकाे लड्डु बाडिरहेकाेप्रति सचेत रहन अाग्रह समेत गरे ।
यादबले भने , ” मेराे शक्ति जनता हाे, यहि भैरहवाकाे धुलाे, माटाेमा हुर्किएकाे मलाई जनताले माया गरेर एकपटक सेवा गर्ने अवसर दिने मैले विश्वास लिएकाे छु । म यदि जनपक्षिय काम गर्न सकिन भने, जनताकाे अादेश नमानेर हिडे भने अर्काे निर्वाचनमा मलाई जस्ताे कारबाहि गरे पनि तयार रहनेछु । ” यादबले यसै प्रदेशबाट ५ बर्ष अगाडि जनताले चुनेका सन्ताेष पान्डे भाैतिक याेजना मन्त्री हुदा भैरहवामा कति बाटाे निर्माण गरे, प्रदेश सरकारमा पाटिकाे नेता हुदा अाफ्नाे पहलमा रुपन्देही ३ काे लागि के के काम गरे ? ५ बर्ष सम्म जनतालाई मैले याे याे काम गरेर भनेर लिस्ट बनाएर सुचना बाड्न चुनाैति समेत दिए । उनले भने , ” मन्त्री , सासद भए जनतालाई जे पनि गरिहाल्छु भन्ने , गफ दिने तर काम केही नगर्ने ? अाजका जनता धेरै बुद्धिजिवि रहेकाे बताउदै यादबले पत्रकारकाे भवन बनाउन प्रपाेजल मागेर एक सुका समेत सहयाेग नगर्ने , सत्ता र शक्तिमा रहदा जनताकाेलागि केही काम नगर्ने , प्रदेश र संघकाे समपुरक बजेटबाट अाएका याेजनालाई मैले गरे भन्दै जनता झुक्काउने मान्छेलाई यसपटक जनताले अवश्य पहिचान गरेर कारबाहि गर्नेपनि बताए । उनले अगाडि भने, ” मन्त्री भईसके त्याे पनि शक्तिशालि मन्त्री भाैतिक मन्त्री , विकासे अड्डाकाे मन्त्री , सासद भईसके त्याे पनि संसदमा पाटिकाे नेता तथा सचेतक ।अब के बाकि छ, त्यततिबेला केही नगर्ने,अनि फेरि जनतालाइ बेफकुप बनाउन फेरि सपना बाड्दै हिड्ने ? ” रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट ३ दलिय तालमेलबाट जसपाकाे नेता महेन्द्र यादब प्रदेश सासद, ३ ( २ ) बाट एमालेका नेता तुलसि प्रसाद चाैधरि र प्रतिनिधि सभा सदस्यमा राप्रपाका दिपक बाेहाेरा उम्मेद्वार रहेका छन् ।
यता ५ दलिय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट लाेसपाका सन्ताेष पान्डे प्रदेश सासद, ३ ( २ ) बाट कांग्रेस नेता रामचन्द्र ढकाल र प्रतिनिधि सभा सदस्यमा कांग्रेसका बालकृष्ण खाण उम्मेद्वार रहेका छन् ।