नेपाल इन्भेष्टमेण्ट मेगा बैंक अमवा शाखा द्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सियारी, अमवा । ८
सियारी गाउँपालिका- ७ मा अवस्थित श्री जनता माध्यामिक विद्यालयमा ‘ग्लोबल मनी विक्स’ अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड अमवा शाखाले १ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


बैंकको अमवा शाखाका शाखा प्रबन्धक सुरज प्रसाद न्यौपाने द्वारा सहजीकरण गरिएको कार्यक्रममा बोल्दै बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए । शाखा प्रबन्धक न्यौपानेले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सके मात्र आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने बताए ।



त्यस्तै विद्यालयका प्रधानाध्यापक ऋषि राम घिमिरेले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा ब्यावहारीक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद प्रकट गरे । बैंकले ‘ग्लोबल मनी विक्स’ को अवसरमा बुटवल शाखा, भैरहवा साखा , ऐरावती साखा , अर्घाखाँची साखा, कंचन साखा , करकान्डु साखा र सैनामैना साखा समेतले बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।
वित्तिय साक्षरता कार्यक्रममा विद्यालयका कक्षा १२ मा अध्यानरत ७० भन्दा बढि विद्यार्थीहरु सहभागी थिए।