शनिबार, ६ बैशाख २०८२ १८:४०

बाबुले चलाएको गोली लागि छोराको मृत्यु

शनिबार, ३० श्रावण २०७८ ०५:५८

साउन ३०, हेल्लो नेपाल ।

घटना पनि कस्ता–कस्ता घटछ्न । कल्पनै नगरेका घटनाले समाजलाई स्तब्ध बनाइ रहेको हुन्छ । यस्तै एउटा दुखद घटना पाल्पामा घटेको छ । जिल्लाको रैना देवी छहरा गाउपालिका (६ जुठापौवामा आफ्नै बाबुले चलाएको बन्दुकबाट छोराको निधन भएको छ । स्थानीय ५६ बर्षिय कर्ण बहादुर लम्तरीले चलाएको भरुवा बन्दुकको गोलीको छर्रा लागेत ३५ वर्षिय धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मकैबारीमा स्याल आए पछि स्याललाई हान्दा करिव सय मिटर पर रहेको छोरालाई लागे पछि उनको मृत्यु भएको हो । गोली चलाउने कर्ण बहादुर लम्तरी र बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो भिडियो पनि हेर्नुहोस्-