शनिबार, ६ बैशाख २०८२ ०९:५२

मुलुकमा भएको बिकासलाई कसैले नकार्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ

बिहीबार, २४ असार २०७८ १४:२७

काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सात दशक यता बिभिन्न क्षेत्रमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताउनुभएको हो । सामाजिक न्यायका सवाल देखि शिक्षा क्षेत्रमा भएका उपलव्धीलाई कसैले बिर्सन नहुने उहाको भनाई छ । त्यस्तै उहाले आफुले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ नयाँ अनुसन्धान गर्न नेपाली बैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उहाको भनाइ छ । उहाले बिज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको बिकास र समृद्धि पुरा नहुने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट बैज्ञानिकहरुलाई पुरस्कृत गर्नुभएको थियो । यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रबर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा उत्तम बाबु श्रेष्ठलाइ प्रदान गरिएको थियो । त्यस्तै प्रविधि पुरस्कार डा शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि महिला पुरस्कार डा रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजन प्रदान गरिएको थियो । त्यस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान गुराएका बिभिन्न बैज्ञानिकलाई पनि सम्मान गरिएको थियो ।