सियारी बचत तथा ॠण सहाकारीद्वारा शेयर सदस्य मृतक परिवारलाई १० हजार सहयोग

सियारी, रुपन्देही
रुपन्देहीको सियारी गाउँपालिका -६ बर्दहवा स्थित सियारी बचत तथा ॠण सहकारी लिमिटेड द्वारा मृत्यु भएका शेयर सदस्यको घरपरिवारलाई कृया खर्च सहयोग अन्तर्गत नगद रु. १० हजार रुपैयाँ सहयोग गरेको छ। सियारी बचत तथा ॠण सहकारी संस्थाका व्यावस्थापक रिता चौधरीले सियारी-५, भुम्का निवासी मृतक शेयर सदस्य स्व. फिरिया थारु का छोरा हिरालाल थारुलाई नगद रु. १० हजार हस्तान्तरण गर्नुभएको हो । व्यावस्थापक रिता चौधरी, लेखा समिति सदस्य किशोर यादव र बजार प्रतिनिधि रन्जना सहित को सहकारी परिवारले शोक सन्तप्त परिवार प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै मृतक परिवार कै घरमा गई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
सहकारीले विगत ४ वर्ष देखि मृत्यु भएका शेयर सदस्यको घरपरिवारलाई यस्तो दुखद् घडीमा केहि हद सम्म भएपनि आर्थिक सहयोग पुगोस् भन्ने हेतुले कृया खर्च सहयोग गर्दै आएको कुरा व्यावस्थापक रिता चौधरीले बताउनुभयो ।