शनिबार, १४ असार २०८२ १५:३७

काङ्ग्रेस शुद्धोधन ३ सभापतिमा पाण्डे निर्विरोध

शनिबार, १९ भाद्र २०७८ ०२:४२

शुद्धोधन, भाद्र १८

नेपाली काङ्ग्रेस शुद्धोधन गाउँपालीका ३ को सभापतिमा राम प्रसाद पाण्डे निर्विरोध निर्वाचीत भएका छन्। शुक्रबार शंकर माबि बेतहिमा सम्पन्न बार्ड अधिवेशनले पाण्डेको नेतृत्वमा निर्वीरोध रुपमा वडा कार्यसमिति चयन भएको हो।
वडा अधिबेशनले मधेसी पुरुष १ , थारु महिला/पुरुष १/१, जनजाती पुरुष १ , खस आर्य महिला/ पुरुष १/१ तथा खुल्ला महिला ३ जनामा क्रमश मञ्जीत यादब , बेचु प्रसाद थारु, कमला चौधरी थारु, टीका बहादुर राना , भबेश्वर खनाल , निर्मला भुषाल , रिता अर्याल, गोमा खनाल , सञ्जु चापागाईलाई सर्वसम्मत निर्वाचीत गरेको छ।
त्यस्तै खुल्ला पुरुष क्षेत्रीय प्रतीनीधि ६ जना जनामा ११ जना कृयाशिल सदस्यको उम्मेदवारी परेकोमा क्रमश १२१, १०८, ९८, ९६,९२ र ९० मत सहित रमेश खनाल , टंक अधिकारी , रामजी पौड्याल , प्रजापति अधिकारी , भुपराज गैर्हे, महेन्द्र गौतम निर्वाचीत भएका छन् भने नेपाली रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं३ का भावि सभापतीको दाबेदार रहेका सहसभापति प्रेम बहादुर फौदार ४२ मत मात्रप्राप्त गरि वडामै पराजीत भएका छन् १३८ क्रियाशिल सदस्य रहेको उक्त वार्डमा जम्मा १२९ मत खसेको जानकारी मतदान अधिकृत नगेन्द्र ददुवाले दिएका छन्।

Gagal mengambil konten.