सडक, संचार र खानेपानीको व्यवस्था गर्न सरहनवारी र केउलीका स्थानीयको माग
भदौ २०, हेल्लो नेपाल ।
देवदह नगरपालिका -६ को केउली, उजेरी, सटाकखोला र सरहनवारीका स्थानीयले आफुहरुको क्षेत्रमा सडक , संचार ,खानेपानी र कटानको प्रभाव रोक्ने व्यवस्था मिलाउन आग्रह गरेका छन । प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा संगको भेटमा उनीहरुले यस्तो आग्रह गरेका हुन ।
वाढी पहिरोले स्थानीयवासीमा पारेको प्रभावका बारेमा जानकारी लिन पुग्नु भएका विश्वकर्मा समक्ष उनीहरुले सवै भन्दा पहिले यातायातको सहजताका लागि पहलगरि दिन आग्रह गरेका थिए ।त्यसै गरि उनीहरुले चुरेको फेदीबाट आफ्नो गाउँ हुँदै बग्ने खोलामा तटबन्द आवश्यक रहेको जानकारी गराएका थिए ।
स्थानीयवासीको भनाई सुने पछि नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले त्यस क्षेत्रका जनताको आश्यकतालाई पूरा गर्न आफू प्रतिवद्ध भएको बताउनु भयो ।
उहाले भन्नू भयो- हामीले संघिय , प्रदेश र स्थानीय सरकारको समन्वयमा विभिन्न योजना अघि सारेका छौ । सरहनखोलाको मोटरेवल पुल,खानेपानीको योजनाका कामहरु शुरु नै भई सकेको छ ।
धेरै कोशिसका बाबजुद सरहन खोलामा पुल निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाले पुलको निर्माणले सरहनबारीको विकासमा योगदान पुग्ने बताउनु भयो । आफू कृषि मन्त्री हुदा कृषि विज्ञहरुको टोली सहित सरहनवरीको भ्रमण गरेको स्मरण गर्दै उहाले सरहनवारीलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न आफ्नो पहलकदमी रहने वताउनु भयो ।
सो अवसरमा नेकपा एमाले देवदहका अध्यक्ष प्रकाश अर्याल ,देवदह नगरपालिका -६ का वडा सदस्यहरु खेम बहादुर थापा र धनबहादुर सुनार तथा स्थानीय युवा लोकेन्द्र जर्घाले आ- आफ्ना भनाई राख्नु भएको थियो ।