बुधबार, ३ कार्तिक २०७८ १९:३३

एमसीसी सम्झौता नेपालको हितमा छैन -भीम रावल

आईतवार, २० भाद्र २०७८ १०:३५

भदौ–२०,हेल्लो नेपाल ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गर्नुभयो ।

रावलले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि जिकिर गर्नुभयो । भारत, चीन लगायतका देशसँग पनि नेपालले विभिन्न सम्झौता गरेको भन्दै ती सम्झौताहरु संसद्मा नपठाईएको रावलको भनाई छ । उहाले दार्चुला महाकारी घटना देखि नेपाल भारत सीमा समस्या रहेका बेला सरकारले चीनसंगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको भन्दै आपत्ती जनाउनुभयो ।

रावलले नेकपा (एमाले) को पार्टी एकताको लागि आफूहरुले गम्भीर पहल गरेको पनि स्मरण गराउनुभयो । उहाले एमालेलाई बलियो बनाउन १० बुदे सहमतिको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।