मंगलवार, ९ कार्तिक २०७८ ०२:३२

ओमसतिया -५ का बाढी पिडित भन्छ्न, पाल टाँगेर बसेका छौ, छिटो उद्धार होस

सोमबार, २१ भाद्र २०७८ ०२:१५

भदौ २०,हेल्लो नेपाल ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का वाढी प्रभावितहरुले आफुहरुको उचित व्यवस्थापन गर्न सांसद छविलाल विश्वकर्मासँग माग गरेका छन् । भदौ १० गते राती आएको वाढीका कारण घरवार विहिन भएका उनीहरुले आफुहरु वर्षातको समयमा पाल टाँगेर वस्न बाध्य भएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरेका हुन ।

प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्मा सहित वाढी प्रभावितहरुको अवस्थाका बारेमा अवलोकन गर्न गएको टोलीलाई आफ्नो जटिलताको वारेमा वताउँदै उनीहरुले वालवच्चा र जेष्ठ नागरिकहरुलाई जोगाउन गाह्रो भएको बताए ।

पुर्व मन्त्री विश्वकर्माले वाढी पिडितहरुको राहात,उद्धार र व्यवस्थापनका लागि उचित कदम चाल्ने बताउनु भयो । पहिलो काम नागरिकको जीवन रक्षा गर्नु भएकाले त्यसका लागि सरोकारवाला निकायमा प्रकृया अघि बढाउने बताउँदै उहाँले वडा कार्यालयले क्षतिको विवरण सहित तयार गरेको मुचुल्का र सिफारीसका आधारमा व्यवस्थापनको पहल गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

क्षतिग्रस्त घरहरुको अवलोकन गर्दै उहाँले वर्षात थप केही दिन सक्रिय हुने संकेत देखिएकाले सचेत भएर वस्न समेत पिडीतहरुलाई आग्रह गर्नु भएको थियो । उक्त स्थानमा २४ घर रहेको र अधिकांश घर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । विद्युतका पोलहरु वाढीका कारण ढलेकोले विद्युत आपुर्ति हुन सकेको छैन ।

वाढी प्राभावितहरु खेतमा पाल टाँगेर वसेका छन् । वाढीका कारण मानविय क्षति नभए पनि उनीहरुले पालेका वाख्रा,हाँसकुखुरा तथा वंगुर बगाएको छ । वगेका घरका सामानहरु यत्रतत्र छरिएर रहेको छ ।
गाउँसम्म पुग्ने बाटो समेत वाढीले वगाएकोले सवारी साधनमा मोटरसाईकल समेत ओहोर–दोहोर गर्न नसक्ने स्थानीय गजेन्द्र चौधरीले जानकारी दिनु भएको छ ।