शनिबार, ६ बैशाख २०८२ २२:१७

तनहुँमा ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु, एक जना घाइते

शुक्रबार, १ आश्विन २०७८ १३:१७

असोज–१,हेल्लो नेपाल ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा ट्रक दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको हो ।

त्यस्तै सोही दुर्घटनामा परी ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।