शनिबार, २१ असार २०८२ ००:३५

सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोज्यो-ज्ञवाली

शुक्रबार, १ आश्विन २०७८ १३:५५

असोज–१,हेल्लो नेपाल ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण सम्भाव्य विश्लेषण बिषयक बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले सीमा लगायतका बिषय निकालेर सरकारले छिमेकी राष्ट्रसंग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको हो ।

ज्ञवालीले भारतसंगको सीमा विवादलाई छाडेर चीनसंगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गर्नुभयो । समस्या भएको स्थानमा चूप वस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसंग चिसोपना खडा गर्न खोजेको उहाले बताउनुभयो ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसंग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताउनुभयो ।

ज्ञवालीले छिमेकी मुलुक लगायत अन्य मुलुकसंगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

Gagal mengambil konten.