चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

असार २७ | कञ्चनपुरमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । आइतवार विहान भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो । घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेर परेर मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।