शनिबार, ६ बैशाख २०८२ ०९:५९

गण्डकी प्रदेशमा प्रतिपक्षी दलको अवरोध र नाराबाजीका बीच बजेट पारित

बुधबार, ३० असार २०७८ १४:४३

असार–३० | गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच आगामी बर्षको बजेट पारित भएको छ । बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशित बनेका थिए । पर्याप्त छलफल विना नै बल मिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसदहरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर पोखरेलले अवरोधकै बीच बजेट पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । मार्सल लगाएर बजेट पास गराउन खाजेको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिएपनि सभामुखले सदन अघि बढाउदै बैठकमा निर्णयार्थ पेश भएको विनियोजन विधेयक पास गरिएको हो । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागी स्थगित गरिएको छ ।