शनिबार, ६ बैशाख २०८२ ०९:५९

संविधानको मर्म र भावनाभन्दा फरक रुपमा जाने छुट कसैलाई छैन-अमिक शेरचन

शुक्रबार, १५ श्रावण २०७८ १३:२९

साउन–१५ | लुुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कार्यभार सम्हालेका छन् । शुक्रवार नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा कार्यभार सम्मालेका हुन् । शुक्रबार बुटवल स्थित प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले संविधानले निर्दिष्ट गरेका अधिकार भन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै संविधानलाई आफू अनुकूल व्याख्या गर्ने र संविधानको मर्म र भावनाभन्दा फरक रुपमा जाने छुट कसैलाई पनि नभएको बताउनुभयो । शेरचनले विद्यामान समावेशी र समानुपातिकसहितको सङ्घीय व्यवस्था अन्तरराष्ट्रिय जगतका लागि उदाहरणीय भएको जनाउँदै संविधानअनुसार यो व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिकता दिन उहाले प्रदेश सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै उहाले विपन्न जनताको जीवनस्तर माथि उठेमा मात्र आर्थिक समृद्धि हाँसिल गर्न सकिने उल्लेख गर्नुभयो ।