शनिबार, ६ बैशाख २०८२ ०९:५९

युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा रुपन्देहीका तरुण नेता गुरुङ

बुधबार, २० श्रावण २०७८ ०२:२४

बुटवल – रुपन्देहिका तरुण नेता, तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देही जिल्ला संगठन सचिव अर्जुन गुरुङ नेपाली काङ्ग्रेस केन्द्रिय तरुण विभागको आदिवासी जनजाती समन्वय समितिको सदस्य पदमा मनोनित भएका केही दिनमै पुन अर्को पद प्राप्त गर्न सफल भएका छन । उनलाई नेपाली कांग्रेस तरुण बिभागको निर्णय अनुसार युवा उद्यमशिलता बिकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित भएका हुन ।

नेपाली कांग्रेस पार्टी, केन्द्रिय तरुण बिभाग साथै समग्रमा लोकतन्त्र प्रती आस्था राख्ने युवा – तरुणहरुलाई समन्वय गरी पार्टीलाई गतिशिल बनाउन महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास गर्दै गुरुङलाई समितीको सदस्यमा पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम तरुण बिभाग प्रमुख शंकर भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

रुपन्देहीमा रहेर बिभिन्न सामाजिक कार्य तथा तरुणको क्षेत्रमा काम गर्दै आएका गुरुङ लामो समयदेखि सामाजिक कार्यमा व्यस्त छन् ।कांग्रेसको आह्वानमा मात्रै होइन, उनी जनताको पक्षमा रहेर हरेकजसो आन्दोलनमा सक्रिय रहन्छन् । उनको काम गराई देखेरै पार्टिले यो सिफारिस गरेको बुझिएके छ । उनलाई पार्टिले राम्रो युवा नेताको रुपमा लिने गरेको उनी निकट बताउँछन् ।