शुक्रबार, १२ बैशाख २०८२ ०९:३२

सियारीको बजेट ५९ करोड ४८ लाख

बिहीबार, १० असार २०७८ १७:४०

तुलसी राम पौडेल सियारी , असार १० 

रुपन्देहीको स्थित  सियारी गाउपालिकाको आर्थिक बर्ष २०७८ / ०७८ को लागि कुल ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैया विनियोजन गरिएको छ जस अन्तरगत चालु तर्फ ३३ करोड ४७ लाख ५८ हजार १८९ (५६.२८%) र पुजिगत तर्फ रु २६ करोड ५ हजार २५ ( ४३.७२ %) विनियोजन गरिएको हो।सियारीको आम्दानी स्रोत अन्तरगत आन्तरिक राजस्व रु ८ करोड , संघिय सरकार वित्तीय समानिकरण अनुदान रु १३ करोड ५७ लाख ,संघिय सरकार शसर्त अनुदान रु २०करोड ६१ लाख , संघिय सरकार समपुरक अनुदान रु ३ करोड ७ लाख ,संघिय सरकार विशेष अनुदान रु १ करोड २५ लाख , प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु ६४ लाख २२ हजार ,संघिय सरकार राजस्व बाडफाड रु ७ करोड ९८ लाख ५२ हजार ,प्रदेश सरकार सशर्त अनुदान रु ८५ लाख ४४ हजार ,प्रदेश सरकार राजस्व बाडफाड रु ५९ लाख ९० हजार चार सय एक्काइस ,प्रदेश सरकार विशेष अनुदान रु ६० लाख ,प्रदेश सरकार समपुरक अनुदान रु १ करोड ५० लाख ,चालु आर्थिक वर्षको मौज्दात रु ८० लाख गरी जम्मा रु ५९ करोड ४८ लाख ८ हजार चारसय एक्काइस विनियोजन भएको हो ।सियारी गाउपालिकाको उपाध्यक्ष एवं बजेट तर्जुमा समितिको संयोजक अमृता गुरुङले गाउपालिकाको नवौ गाउ सभामा उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

स्वास्थ्य ,शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार , समृद्ध सियारीको मूल आधार भन्ने सोचलाई सार्थक पार्नु तथा बहु आयमिक गरिबी ,बेरोजगारी र असमानताको अन्त्य गर्दै समृद्ध ,समतामूलक तथा सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्नु नै बजेटको मुल उद्देश रहेको गाउपालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समिति संयोजक अमृता गुरुङले बताउनु भयो।बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिइएको छ।वडा स्तरमा जनताको विकासको मागलाई मध्यनजर गरी वडागत सिलिङ्ग वितरण गरी वस्तिस्तरबाट योजना तर्जुमा गरिएको छ।

पालिका स्तरीय योजना बाहेक प्रति वडा १ करोड बराबरको योजनाहरुमा बजेट विनियोजन गरिएको छ।यस आर्थिक वर्षमा स्वास्थ्यतर्फ गाउपालिकाबाट १ करोड २५ लाख रुपैया र संघिय सरकारबाट रु २ करोड ४१ लाख गरी जम्मा ३ करोड ६६ लाख रुपैया विनियोजन गरिएको छ।आर्थिक वर्ष २०७८/०७९ का लागि शिक्षा तर्फ संघिय सरकारबाट शशर्त तर्फ रु १३ करोड ९९सय  लाख र गाउपालिकाबाट रु २ करोड गरी जम्मा रु १५ करोड ९९ सय लाख विनियोजन गरिएको छ।विद्यार्थीको दिवा खाजा कार्यक्रम अन्तरगत कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीको लागि संघिय ससर्त अन्तरगत १ करोड ४९ लाख २० हजार रुपैया विनियोजन गरिएको छ।युवा खेलकुद कार्यक्रम अन्तरगत रु ४५ लाख विनियोजन गरिएको छ।युवा रोजगारीका लागि रुपान्तरण परियोजना कार्यक्रम संचालनका लागि ४८ लाख रुपैया विनियोजन गरिएको छ।

सियारी जनता आवास कार्यक्रम अन्तरगत विपन्न नागरिकहरुलाई आवास सुविधा उपलब्ध गराउन २१ वटा घर निर्माण गरि हस्तान्तरण गरिनेछ ।यस कार्यक्रमका लागि १ करोड ५ लाख रुपैया विनियोजन गरिएको छ।सम्पन्न गाउसभामा सियारी गाउकार्यपालिका आर्थिक एन २०७८ सर्वसम्मत पारित भएको छ।गाउ सभा अध्यक्ष अयोध्या थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउ सभा सचीव  एवं प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई , लेखाशाखा प्रमुख नारायण प्रसाद पौडेल लगायत विभिन्न शाखाका प्रमुखहरु , कर्मचारीहरु लगायतको उपस्थिति रहेकोे थियोे ।गाउसभाको संचालन प्रशासन प्रमुख चिरञ्जीवी गौतमले गर्नुभएको थियो ।