२७ औं विश्व आदिवासी दिवस देवदहमा सम्पन्न

साउन २५, हेल्लो नेपाल ।
२७ औ विश्व आदिवासी दिवस देवदहमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ देवदहको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजको समग्र विकासका लागि सवै जातजातिको समान सहभागिता आवश्यक रहेको औल्याएका थिए । नेपाल विभिन्न जातजातिको साझा फुलवारी भएकोले सवै जातजातिको विकास हुन जरुरी रहेको समेत उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिका का प्रमुख हिराबहादुर खत्रीले विश्व आदिवासी दिवस एकता र सदभावको दिवस बन्नु पर्ने धारणा राख्नु भयो । उहाले देवदह नगर भित्रका आदिवासी समुदायको विकासमा नगरको सहयोग रहने समेत प्रतिवद्धता जनाउनु भयो । त्यसै गरि कार्यक्रममा बोल्दै नगर उप- प्रमुख विद्या लक्ष्मी गुरुङ्ले राज्यले आदिवासी जनजातीको सवाललाई गम्भीरतापुर्वक लिनु पर्ने बताउदै पिछडिएका आदिवासी समुदायको पहुच विस्तारमा विशेष योजनाको आवश्यकता रहेको औल्याउनु भयो ।
महासंघका कार्यवाहक अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता, सदस्य शेरबहादुर तामाङको स्वागत र सचिव भरत गुरुङको संचालनमा भएको कार्यक्रम हो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा,तमु भाषा संरक्षण अभियानका राष्ट्रिय अभियन्ता भिम प्रसाद गुरुङ,पत्रकार यम राना,देवदह -७ का वडा अध्यक्ष पदम थापा, नगर कार्यपालिका सदस्य बन्धु कुमाल,देवदह-३ का वडा अध्यक्ष वैकुण्ठ कुवर,देवदह-६ का वडा अध्यक्ष दामोदर क्षेत्री,थारु कल्याणकारीणी सभा देवदहका अध्यक्ष चन्द्रीका प्रसाद थारु, नेपाल मगर संघ देवदहका उपाध्यक्ष खेमबहादुर थापा,तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद देवदहका अध्यक्ष टौ बहादुर गुरुङ,जनजाती महासंघ केरवानीका सल्लाहकार वीर बहादुर थापा लगायतले बोल्दै आदिवासी – जनजातिको अधिकार स्थापित गर्न सवै एक जुटभएर लाग्नु पर्ने वताएका थिए ।