वडा अध्यक्ष सरोज अधिकारी द्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

माघ–४, हेल्लो नेपाल ।
सियारी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष सरोज अधिकारीले आफु निर्वाचित भए देखि आफुले पाउने गरेको भत्ता विपन्न परिवारलाई सहयोग गर्नुभएको छ । मंगलवार सियारी गाउँपालिका वडा नं.७ को वडा कार्यालयमा एक कार्यक्रमका बीच आफुले पाउने गरेको भत्ता विपन्न परिवारलाई सहयोग गर्नुभएको हो ।

वडा अध्यक्ष अधिकारीले आफ्नै वडा निवासी विपन्न परिवारका फुल कुमारी थारुलाई रु.२३,२१५ लाई सहयोग गर्नुभएको हो । उहाँले आफु निर्वाचित भएदेखी अहिले सम्म पाउदै आएको पारिश्रमिक तथा भत्ता वडाका विद्यालय तथा विपन्न वर्गका परिवारलाई सहगोग गर्दै आउनुभएको छ । अधिकारीले हेल्लो नेपाल मिडियासँग कुराकानी गर्दै आफु जनताको हरेक सुखदुखमा साक्षात्कार भई सदैव जनताकै सेवामा प्रतिबद्ध भई काम गर्ने बताउनुभयो ।