मंगलवार, १७ असार २०८२ २२:०७

सियारी च्याङठामा पशु हाटबजारको शुभारम्भ भए संगै कृषक आशावादी

सोमबार, ९ श्रावण २०७९ १४:५०

श्रावण ०९

रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २,च्याङठामा पशु हाटबजारको शुभारम्भ गरिएको छ ।

विश्व बैंकको साढे ५ करोड रुपैयाँ ऋण सहयोगमा उक्त पशु हाटबजारको शुभारम्भ गरिएको हो । पशु चौपायाको किनबेचलाई व्यवस्थित गरी किसानहरुलाई सहजता र सुविधा दिने उद्धेश्यले करिब तीन बिघा क्षेत्रफलमा संचालनमा आएको पशु हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका अन्य पशुको किनबेच हुनेछ । हाट बजारमा टाढाबाट आएका किसानलाई बास बस्ने व्यवस्था सहित पशुको रगत, गोबर चेकजाँच गर्ने प्रयोगशाला तथा डिस्पेन्सरी, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवनको निर्माण गरिएको छ । त्यसै गरी क्यान्टिन, शौचालय, पशुलाई राख्न टहरो लगायतका संरचनाहरुको व्यवस्था गरेको छ ।

त्यस्तै हाट बजारमा किसानले बिक्री गर्न ल्याएका पशुको स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र पशु बिक्री गर्न पाइने निर्णय व्यवस्थपन समितिले गरेको छ । हाट बजारमा बिक्रीयोग्य पशुको रमानापत्रका तीन सय रुपैयाँ शुल्क तोकिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पशु हाटबजार उद्घाटन गर्दै प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले बिक्रीका लागी बजारमा आउने पशुलाई स्वास्थ्य परिक्षण गरेर मात्र पशु खरिद तथा बिक्रि गरी किसानलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । त्यसै गरी लुम्बिनी प्रदेशका शिक्षा मन्त्री वसिउद्धिन खाँ,कृषि मन्त्री सुमन शर्मा रायमाझीले रासायनिक मलखाद बनाउने बिषयमा प्रदेश सरकार मात्र लागेर नहुने बताउदै प्रतिपक्ष दलले किसानलाई उचालेर केहि फाईदा नहुने जिकिर गर्नुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले राजनीतिक व्यवस्था परिर्वन भए पनि किसानहरु सधै समस्यामा पर्ने गुनासो गर्नुभयो । उहाँले वास्तविक किसान लाभान्वित हुने कार्यक्रम ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष घिमिरेले नेपालमा गाई भैसी आयात भारतबाट गर्नुपर्ने भएकाले प्रहरी प्रशासनले सीमा नाकामा सहज गरिदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सांसदद्वय तुल्सी चौधरी, पुष्पा थरुनी लगायतले बोल्दै किसानहरुलाई सहयोग गर्ने कुरामा राजनीति गर्न नहुने बताउनुभयो ।

कार्यक्रम प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागत तथा लेखा अधिकृत नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Gagal mengambil konten.