प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘ख’ मनाङमा महिला तर्फ गीता गुरुङलाई सिफारिस

असोज १
नेपाली कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मनाङमा महिला तर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।
नेपाली कांग्रेस मनाङको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार गीता गुरुङलाई एकल सिफारिस गरेको हो । ठमेल पर्यटन विकास बोर्डको उपाध्यक्ष समेत रहनु भएकी गुरुङ सोही संस्थाका संस्थापक सदस्य समेत हुन्। लामो समय नेपाली कांग्रेसमा नै रहेर समाजसेवा तथा दुखी गरीबलाई सहयोग गर्दै आउनु भएकी गुरुङले समाज परिवर्तनका लागि ठूलो योगदान दिनु भएको छ ।
मिजासिली,भद्र सहयोगी र सबैसँग घुलमिल हुनसक्ने क्षमता भएकी गुरुङ निडर,महिला हकहितका लागि लडिरहेकी छिन्।