शनिबार, १४ असार २०८२ ०९:२७

रेप्सा शैक्षिक महोत्सव: म्याराथनमा सिद्धार्थका रोमन बानियाँ प्रथम

बुधबार, ७ फाल्गुन २०८१ ०५:५३

शुद्दोदन, ७ फाल्गुन

बुधबार १२औं संस्करणको रेप्सा महोत्सव सुरु भएको छ। राइजिङ अङ्ग्रेजी निजि विद्यालय संगठन र रेप्सा रुपन्देहीको आयोजनामा यो महोत्सव सुरु भएको हो। बुटवल उपमहानगरपालिकाको वडा नं. १८ का वडा अध्यक्ष गुरुप्रसाद पङ्गेनीले आज बिहान ५ किलोमिटर म्याराथुन दौडको उद्घाटन गर्नुभयो।

म्याराथनको ट्र्याक सौरहा देखि फर्साटिकर माविको खेलमैदान बर्मेलीटोलसम्म थियो, जहाँ फर्साटिकर सिद्धार्थ बोर्डिङ स्कूलका रोमन बानियाले १३ मिनेट ४१ सेकेन्डमा दुरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। यसै गरी नेपाल एभरग्रीन इङ्गलिश स्कूलका कुशल कोइरालाले १४ मिनेट २४ सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे। शुद्धोधन इङ्गलिश स्कूलका सुरज थारुले १४ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गर्दै तृतीय स्थानमा स्थान प्राप्त गरेका थिए।

महोत्सवको उद्घाटन कार्यक्रममा अध्यक्ष लोक शर्मा बस्यालले खेलकुद र सांस्कृतिक कार्यक्रमहरूको समायोजन गरिएको जानकारी दिनुभयो। खेलकुदको तर्फमा विद्यार्थीहरूको हाजम्प, लङ्जम्प, दौड, रिले दौड, सटफुट, ज्याब्लिङ थ्रो, भलिबल, ५ किलोमिटर म्याराथुन दौड, शिक्षकहरूको डबल ब्याटमिन्टन र विद्यार्थी र अभिभावकहरू बीच नृत्य प्रतियोगिता समेत ३३ वटा इभेन्ट आयोजना गरिएको उल्लेख गर्नुभयो।

यस संगै महोत्सवमा २०७९/८० को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्रालाई र शत प्रतिशत नतिजा ल्याउने विद्यालयलाई सम्मान गरिने कार्यक्रम संयोजक रामकृष्ण खनालले जानकारी दिनुभयो।

फाल्गुन ९ गते सम्म संचालन हुने कार्यक्रमको सफलतामा १२ निजि विद्यालयहरूको सहभागिता रहेको छ र यसलाई सम्पन्न गर्न अनुमानित ५ लाख रुपैयाँ खर्च लाग्न सक्ने बताइएको छ।

Gagal mengambil konten.