शुक्रबार, २८ चैत्र २०८१ २१:१२

ठूला राजनीतिक दलका नेताहरु विदेशीको इशारामा चलेको आरोप- स्वतन्त्र उम्मेदवार रुपसिंह थापा

शनिबार, २६ कार्तिक २०७९ १२:४९

कार्तिक २६

रुपन्देही क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार रुपसिंह थापाले ठूला राजनीतिक दलका नेताहरु विदेशीको इशारामा चलेको आरोप लगाउनुभएको छ ।

थापाले पत्रकारहरुसगँको भेटभाट कार्यक्रममा बोल्दै ठूला राजनीतिक दलहरुका नेताहरु विदेशीको इशारामा चलेर देश नै बर्वाद पारेकोले बाध्य भएर आफु  देश बचाउन चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

थापाले ४० वर्षदेखी आफु राजनीतिमा रहेको उल्लेख गर्दै नेपाली जनताले नेतृत्वमा पु¥याए देशको विकास,सम्वृद्धिको लागी आफुसगँ स्पष्ट खाका रहेको उल्लेख गर्नुभयो । उहाँले हरेक नागरिकलाई नेपालमा नै रोजगारी दिने, देशको सम्पुर्ण रिन १ वर्ष भित्र तिर्ने बताउनुभयो । बुटवल उपमहानगर पालिकाका पूर्व मेहर समेत रहनुभएका थापाले  राजनीतिक दल र  नेताहरुसगँ  नागरिकहरु  आजित भएकाले पनि आफुले चुनावमा जीत हासिल गर्ने दाबी गर्नुभयो । थापाले राजनीतिक दलहरु एक्ला एक्लै चुनावी मैदान उत्रन नसक्नु दुखद भएको भन्दै यो गठबन्धन नभई ठगबन्धन भएको जिकिर गर्नुभयो । उहाँले डा.निकलेसका टिमले समेत आफुलाई साथ र सहयोग गरेकाले पनि चुनाव जित्ने कुरामा आफु ढुक्क भएको ठोकुवा गर्नुभयो ।


त्यस्तै पत्रकार सम्मेलनमा स्वतन्त्र तथा वैकल्पिक शक्ति“लौरो अभियान लुम्बिनी प्रदेशका संयोजक ईशा खड्काले हरेक पार्टीको विश्वास हराईरहेको बेला थापाको एजेण्डा र विश्वास लागेर सहयोग गरेको बताउनुभयो । रुपन्देही क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यका लागी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका राजु गुरुङ्गको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव सूर्यबंशी थापा मगरलाई सहयोग गर्ने जनाएको छ भने एमालेका तर्फबाट विष्णु पौडेल र स्वतन्त्र उम्मेदवारका रुपसिंह थापा चुनावी मैदानमा उत्रिएका छन् ।