शनिबार, १४ असार २०८२ १९:४७

संस्कार इङ्गलिस स्कुलका तीन विद्यार्थीले एसईईमा ४ जीपीए प्राप्त

शनिबार, १४ असार २०८२ ०९:४१

सियारी, रुपन्देही

रुपन्देहीको सियारी गाउँपालिका–४ मा अवस्थित संस्कार इङ्गलिस स्कुलका तीन जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट सफलता हात पार्दै ४ जीपीए हासिल गरेका छन्।

विद्यालयका विद्यार्थी निलाक्षि त्रिपाठी र अमन घिमिरे र साेवित गाैडेलले यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्दै विद्यालयको शैक्षिक प्रतिष्ठा उचो बनाएका छन्। उनीहरूको यस उपलब्धिले विद्यालय परिवारलाई गर्भित बनाएको छ।

विद्यालयका प्रिन्सिपल लोक शर्मा बस्यालले विद्यार्थीहरूको कठिन परिश्रम, शिक्षकहरूको मार्गदर्शन तथा अभिभावकहरूको सहयोगका कारण यस्तो उत्कृष्ट नतिजा आएको बताएका छन्। साथै, उनले आगामी दिनहरूमा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको समग्र विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालले विद्यार्थीहरूलाई बधाई दिंदै थप सफलताको कामना गरेका छन्। उनले यस उपलब्धिले सियारी क्षेत्रकै शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयले निकट भविष्यमै एक सम्मान कार्यक्रमको आयोजना गरेर उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने तयारी गरेको जानकारी पनि दिएको छ।

Gagal mengambil konten.