शुक्रबार, २० असार २०८२ २२:४८

एमाले प्रवेश गरेका वडा अध्यक्षको पद कायम गर्न सर्वोच्चको आदेश

शुक्रबार, १३ फाल्गुन २०७८ १६:०५

फागुन १३, हेल्लो नेपाल
नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले कारवाही गरेका शुद्धोधन गाउँपालिकाका वडा अध्यक्ष शिवपुुुजन बानियाको माग बमोजिम सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो  ।

सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि प्रशाद फुयालको एकल ईजलासले विपक्षीको नाममा १५ दिने कारण देखाउ आदेश जारी गर्दै गरिएको कार्वाही तत्काल कार्यन्वयन नगर्न आदेश भएको शुद्धोधन गाउँपालिका प्रवक्ता राजेन्द्र कडेल ले हेल्लो नेपाल मिडियालाई जानकारी दिनुभएको छ ।

शुद्धोधन गाउँपालिका वडा न ७ का अध्यक्ष रहनुभएका शिवपुजन बानिया नेपाली काङ्ग्रेस क्षेत्र न ३ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार समेत रहनुभएको थियो  ।

Gagal mengambil konten.