शुक्रबार, २८ चैत्र २०८१ २१:५६

सियारीमा नेकपा एमालेको मिसन ग्रासरुट अभियान सम्पन्न (तस्वीरहरू) 

शनिबार, ९ बैशाख २०८० १६:०१

सियारी , बैशाख ९

७५ औं पार्टी स्थापना दिवसको शुभ अवसरमा ,नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) सियारी गाउँ कमिटी रुपन्देहीको आयोजनामा मिसन ग्रासरुट पार्टी सुदृढीकरण एवं विस्तार अभियान सम्मान एवं समापन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रिय सल्लाहकार एकराज बिश्वकर्माले कार्यक्रमको उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले समृद्ध नेपाल बनाउन एमाले बाहेक अरु कुनै दलले नसक्ने बताउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले पार्टी बलियो बनाउन सङ्गठनलाई विस्तार गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पार्टीका शेल्टरदाता ,जेष्ठ नागरिक र सहिद परिवारलाई सम्मान गरिएको थियोे । नेकपा एमाले सियारी गाउँकमिटी अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षता, नेकपा एमाले केन्द्रिय सल्लाहकार एकराज बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्यहरु खुशिराम चौधरी र तारा पाण्डे, जिल्ला कमिटी सदस्य दिल कुमारी कुवर,सम्मानित व्यक्तिहरु मध्यबाट राधेश्याम थारु लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले सियारी गाउँकमिटी इन्चार्ज खेमराज गुरुङबाट कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियोे भने सह इन्चार्ज कृष्ण नेपालले स्वागत मन्तव्य दिनुभएको थियोे ।

हेरौं तस्वीरहरू :