शुक्रबार, २८ चैत्र २०८१ २२:०३

सियारीमा गरिबी निवारणका लागी सिप विकास तालिम सम्पन्न

मंगलवार, ४ माघ २०७८ १४:१५

माघ–४, हेल्लो नेपाल ।

सियारी गाउँपालिका वडा नं ३ मा गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रमअन्तर्गत कटराबाट उत्पादित सिप विकास तालिम सम्पन्न भएको छ । सियारी गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहगोगमा १० दिने सिप विकास तालिम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न वडाका २० जना सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले यस्ता तालिमहरुले केही हदसम्म भए पनि रोजगारीका लागी विदेश जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । उहाँले सीप सिकिसकेपछि व्यवहारमा उर्तानु पर्ने कुरामा विशेष जोड दिनुभयो । कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु,उपाध्यक्ष अमृता गुरुङ्ग,प्रशासकीय प्रमुख मिन प्रसाद भट्टराई,पशु सेवा विकास प्रमुख गणेश खनाल लगायतका सहभागी भएका थिए ।

त्यसै गरी कार्यक्रममा तालिममा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अयोध्या थारुले प्रमाण सियारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष हिसन अहिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता यशोदा थापाले कार्यक्रम संचालन गर्नुभएको थियो ।