शुक्रबार, २८ चैत्र २०८१ २१:५८

सियारी गाउँपालिकाद्वारा दुध उत्पादनमा हरेक किसानलाई अनुदान दिने घोषणा

शनिबार, ३२ असार २०७९ १४:४०

असार ३२

सियारी गाउँपालिकाले दुध उत्पादनमा हरेक किसानलाई अनुदान दिने घोषणा गरेको छ ।

पालिकाले पालिका भित्र रहेका दुग्ध उत्पादनमा काम गर्ने किसान, डेरी सञ्चालकहरुलाई प्रतिलिटर २ रुपियाँ ५० पैसाको दरले अनुदान दिने घोषणा गरेको हो । गाउँपालिकाले दुग्ध उत्पादनमा काम गर्ने किसान, डेरी सञ्चालकहरुसगँ छलफल कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाका किसानहरुको समस्याहरु आफु परिचित रहको भन्दै समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफू स्वयं किसान परिवार भएको कारणले किसानका हरेक समस्या आफुले नजिकबाट चिनेको बताउनुभयो ।

अध्यक्ष घिमिरेले स्थानीय सरकारको अपनत्व हुने गरी काम गर्ने बताउनुभयो । कार्यक्रममा दुग्ध पदार्थको उत्पादन ,समस्या र चुनौतीको विषयमा छलफल गरिएको थियो ।