शुक्रबार, २८ चैत्र २०८१ २२:०६

सियारीमा पाठ्यक्रम कार्यान्वयन सम्बन्धि २ दिने प्रवोधिकरण कार्यक्रम सम्पन्न

शनिबार, २७ श्रावण २०८० १५:३९

सियारी, साउन २७ |

सियारी गाउँपालिकाद्वारा आयोजित आधारभूत तथा माध्यमिक पाठ्यक्रम कार्यान्वयन सम्बन्धि २ दिने प्रवोधिकरण कार्यक्रम- २०८० सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधीर पौडेलले परिमार्जित पाठ्यक्रममा उल्लेख भए अनुसार शिक्षण शिकाई प्रक्रिया, मुल्यांकन लगायतका कार्यहरु गर्न टेवा पुग्ने बताउनुभयो । उहाँले यसका अवधारणा, उद्देश्य, आवश्यकता, महत्व लगायतका विषयवस्तुको जानकारी प्राप्त गरी यसलाई शिक्षण गर्ने विधि र पद्दतिका बारेमा ज्ञान हासिल गरी आ-आफ्ना विधालयको सिकाई क्रियाकलाप र मुल्यांकन प्रक्रियामा कार्यन्वयन गर सिकाई प्रक्रियामा गुणस्तर ल्याउन सकिने जानकारी दिनुभयो ।

सियारी-७, श्री जनता मा.वि. मा आयोजित उक्त कार्यक्रममा सामुदायिक तथा संस्थागत विधालयका गरि २८ विधालयका जम्मा १३० जना शिक्षक शिक्षिका सहभागी रहेको शाखाले जानकारी गरेको छ। सियारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुधीर पौडेलको अध्यक्षता तथा शाखाका प्रा.स. शिला पन्थिको  संचालनमा कार्यक्रम समापन भएको थियो ।