आईतवार, १२ श्रावण २०८२ ०४:४०

सियारी गाउँपालिकामा एचपीभी (HPV) खोप अभियान शुभारम्भ

मंगलवार, २२ माघ २०८१ १३:३३

रुपन्देही, सियारी

सियारी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप प्रदान गर्न विशेष खोप अभियान सुरु गरेको छ।

आज सियारी-५ श्री विरेन्द्र मा.वि.मा आयोजित एक विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले खोप कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखाका प्रमुख बुद्दी बहादुर घर्तीका अनुसार, यो खोप अभियान नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा तथा सरोकारवाला निकायहरूसँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस अभियानले सियारी गाउँपालिका भित्रका कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा सोही उमेर समूहका अन्य किशोरीहरूलाई लक्षित गरेको छ।

गाउँपालिका प्रमुख थानेश्वर घिमिरेले कार्यक्रममा बोल्दै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यो खोप अत्यन्त प्रभावकारी रहेको बताउँदै, सम्पूर्ण अभिभावकलाई आफ्ना छोरीहरूलाई खोप लगाउन प्रोत्साहन गर्न आग्रह गर्नुभयो। साथै, उहाँले खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।।

आज सम्पन्न खोप अभियानमा जम्मा ५४६ किशोरीहरुले खोप लगाएको र यस खोप अभियानबाट सियारी गाउँपालिकाका करिब २२ सय पचास किशोरीहरू लाभान्वित हुने तथा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो।

Gagal mengambil konten.