सियारीमा चप्पल निर्माण तालिम सम्पन्न

तुलसीराम पौडेल, सियारी
रुपन्देहीको सियारी गाउँपालिका -६ स्थित वडा स्तरीय टोल सुधार समितिको आयोजना एवं सियारी गाउँपालिका को आर्थिक सहयोगमा एक महिने चप्पल निर्माण तालिम सोमबार सम्पन्न भयो।सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले तालिममा सिकेको सिपलाई उत्पादन मुखी बनाउनु पर्नेमा जोड दिनु भयो। तालिमको सहजीकरण प्रशिक्षक अवधरानी चौधरीले गर्नुभएको थियो ।


वडा स्तरीय टोल सुधार समितिका अध्यक्ष बुद्विमाया क्षेत्रिको अध्यक्षता ,सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,वडा सदस्य सन्त बहादुर कुवर , गाउँपालिका खेलकुद समितिका संयोजक प्रकाश रेग्मी , तालिमका सहभागी देविमाया क्षेत्री ,चुरीमाया गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । वार्ड स्तरीय टोल सुधार समितिका उपाध्यक्ष कमला सापकोटाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सरस्वती भट्टराईले गर्नुभएको थियो ।