नेकपा एमालेले रुपन्देहीको सियारी र शुद्दोधनको अध्यक्ष र उपाध्यक्ष पदको टुंगो लगायो

सियारी- नेकपा एमालेले रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारुलाई अघि सारेको छ ।
एमालेले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनःसियारीको अध्यक्षमा थारुलाई अघि सारेको हो । जनताको अपेक्षानुसार पार्टिको निर्णय आएकोमा खुसी व्यक्त गर्दै थारुले पार्टीले गरेको विश्वासलार्ई मर्न नदिने बताउनुभयो । उहाँले जनताले विश्वास गरेर मत दिए आफुले यस अघिको कार्यकालमा बाँकी रहेका कामहरुलाई निरन्तरता दिने जानकारी दिनुभयो । थारुले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण,कृषि लगायतका क्षेत्रमा यस अघिको कार्यकालमा उल्लेखिय काम गरेको भन्दै अब फेरी जनताले विश्वास गरेर मत दिई निर्वाचित गराए सियारीलाई सम्वृद्ध बनाउन आफु लाग्ने बताउनुभयो ।
त्यस्तै पार्टीले सियारी गाउँपालिकाको उपाध्यक्षमा अमृता गुरुङ्गलाई चयन गरेको छ । उपाध्यक्षमा चयन गरेपछि हेल्लो नेपालसगँ कुराकानी गर्दै गुरुङ्गले पार्टीलाई पुनः उपाध्यक्षको लागी योग्य ठानेर टिकट दिएकोमा धन्यवाद दिदैँ पार्टीलाई जिताउन आफु लाग्ने बताउनुभयो ।
त्यस्तै नेकपा एमालेले रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा किसुनचन्द्र चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवालीलाई चयन गरेको छ ।