शुक्रबार, २० असार २०८२ ०६:११

सियारीमा ने.क.पा. एमाले को निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन

आईतवार, ६ चैत्र २०७८ १६:०५

सियारी– नेकपा एमाले सियारी गाउँ कमिटिको निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटन गरिएको छ । पूर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य धनश्याम भुसालले विधिवत रुपमा रिवन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभएको हो ।

पार्टी कार्यालयको उद्धघाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य धनश्याम भुसालले सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले सम्वृद्धि र विकास निर्माणका लागी नेकपा एमालेको विकल्प नभएको भन्दै पार्टीलाई जित हासिल गराउन प्रचार प्रसारमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा क्षेत्रिय संयोजक नर बहादुर घर्ती,पूर्व जिल्ला कमिटि सचिवालय सदस्य तथा पूर्व सियारी गाउँकमिटि ईन्चार्ज अयाध्या थारु,सियारी गाउँकमिटि ईन्चार्ज खेमराज गुरुङ्ग,जिल्ला कमिटि सदस्य तथा सियारी गाउँकमिटि सह-ईन्चार्ज अमृता गुरुङ्ग,जिल्ला कमिटि सदस्य तथा सियारी गाउँकमिटि सहईन्चाज कला नेपाल,जिल्ला कमिटि सदस्य हुमामती भूर्तेल,गौरव गौतम,पूर्व जिल्ला कमिटि सदस्य दुर्गादत्त सापकोटा लगायतले बोल्दै पार्टीलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला कमिटि सदस्य तथा सियारी गाउँकमिटि अध्यक्ष शेर बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सियारी गाउँकमिटिका उपसचिव इन्द्रा कुमारी रानाभाटले गर्नुभएको थियो ।

Gagal mengambil konten.