शुक्रबार, २८ चैत्र २०८१ २१:५४

५८औं रंगभेद तथा जातिभेद उन्मूलन दिवसको सन्दर्भमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम

मंगलवार, ७ चैत्र २०७९ १६:००

शुद्धाेधन, रुपन्देही

नगेन्द्र के.सी.

सबै मिलि जातीय बिभेदको अन्त्य गरौँ काे मुल नारा का साथ शुद्धाेधन गाउँपालिका रुपन्देही स्थित दलित वर्ग उत्थान समन्वय समिति शुद्धाेधन रुपन्देहीको आयोजनामा शुद्धाेधन गाउँपालिका कार्यालय मानपकडी रुपन्देहीको सहयोगमा ५८औं रंगभेद तथा जातिभेद उन्मूलन दिवसको सन्दर्भमा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार गाउँपालिकाकाे सभाहलमा सम्पन्न भएको छ।दलित वर्ग उत्थान समन्वय समिति शुद्धाेधनका अध्यक्ष रामबहादुर विकको अध्यक्षतामा र विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा शुद्धाेधन गाउँपालिका अध्यक्ष उपाध्यक्ष शान्तादेवी ज्ञवाली,गाउँपालिका कार्यालय प्रमुख अन्नतपाणी मरासिनी,पुर्व द,व,उ,जि,स,स,पदम विक,नेकपा एकीकृत समाजवादी अध्यक्ष अविराम विकको विशिष्ट आतिथ्यतामा सो अन्तरक्रिया कार्यक्रममा शुद्धाेधन गाउँपालिकाका जनप्रतिनिधि विभिन्न राजनीति दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधिकाे उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।