रुपन्देहीको शुद्धोधनमा रण अम्बिका शाह आँखा अस्पतालको शाखा विस्तार

माघ ४, हेल्लो नेपाल ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मानपकडीमा रण अम्बिका शाह आँखा अस्पतालको शाखा कार्यालय विस्तार भएको छ । मगंलबार शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले एक कार्यक्रमका बीच उक्त आँखा अस्पतालको उद्धघाटन गर्नु भएको हो । नेत्र ज्योति संघअन्तर्गतको रणअम्बिका आँखा अस्पताल र शुद्धोधन गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रमा ४ जना स्वास्थ्यकर्मिले निरन्तर सेवा दिने नेत्र ज्योती संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागर प्रताप राणाले बताउनु भयो ।


उहाँले आँखाको समस्याका कारण अब बुटवल र भैरहवा धाउने बाध्यता हटेको जिकिर गर्नुभयो । शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले सञ्चालनमा आएको आँखा उपचार केन्द्रबाट शुद्धोधन गाउँपालिका लगायत छिमेकी पालिकाहरु समेत लाभान्वित हुने बताउनु भयो । उहाँले गाउँपालिकाको मुख्य भागमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रमा विरामीहरुको अप्रेसन र भर्ना गर्ने व्यवस्था छिटो सुरु गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रम नेत्र ज्योती संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी शाखाका सभापति सागरप्रताप राणको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, शुध्दोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईको विशिष्ट आतिथ्यता तथा अस्पताल व्यवस्थापन समिती सदस्य गणेश क्षेत्रीको कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो ।Enter