शनिबार, ६ बैशाख २०८२ २२:२४

शुद्धोधन गाउँपालिकामा होटल तथा रेस्टुरेन्ट व्यावसायिक संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा कंडेल

शनिबार, १९ चैत्र २०७८ १६:२२

शुद्दोधन- रुपन्देहीको शुद्धोधन गाउँपालिका भित्र संचालित होटल तथा रेस्टुरेन्ट व्यावसायिक संघको प्रथम भेला सम्पन्न भएको छ । शनिबार बसेको भेलाले केशव राज कँडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धनिराम चौधरी,सचिवमा इन्द्र बहादुर क्षेत्री, कोषाध्यक्षमा गोपाल न्यौपाने र सदस्यहरुमा नरेन्द्र केसी,दिनेश थारु,शिव प्रसाद श्रेष्ठ,लक्ष्मण अर्याल, सविता गोदार, यम प्रसाद गौडेल,लक्ष्मण बस्याल,गोकुल क्षेत्री र गोविन्द प्रसाद भण्डारी रहेका छन् ।

भेलाले व्यवसायीक हकहितका लागि आवाज उठाउने,नयाँ सदस्यता शुल्क ७५० लिने र गाउँपालिका भित्र संचालित होटल तथा रेस्टुरेन्टहरु एकताबद्ध भएर जाने निर्णय गरेको छ । भेला केशब राज कोतको अध्यक्षतामा सम्पन्न भएको हो ।