शुद्धोधन-१ मा नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसार कार्यालय स्थापना

शुद्दोधन- नेकपा माओवादी केन्द्रले रुपन्देहीको शुद्धोधन १ मा चुनावी प्रचारप्रसारका लागी कार्यालय स्थापना गरेको छ ।
बिहिवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष बामदेब क्षेत्रीले कार्यालयको उद्धघाटन गर्नुभएको हो । कार्यालयको उद्धघाटन गर्दै क्षेत्रीले चुनावी प्रसार प्रसारमा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले देश र जनताको लागी लडेको पार्टी माओवादी केन्द्र मात्रै रहेको उल्लेख गर्दै आफ्नै एजेण्डा स्थापित गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा संविधान सभा सदस्य एवं केन्द्रीय सदस्य सोनिया यादव,लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं जिल्ला संयोजक नारायण बहादुर जि.सी निर्मल,शुद्धोधन गाउँकमिटि अध्यक्ष रूक्मागत खनाल हिमाल,अखिल नेपाल सुकुम्बासी संघ केन्द्रीय सचिव एंव जिल्ला रूपन्देही भुमी आयोग सदस्य भरत तिवारी,शुद्धोधन उपाध्यक्ष पोषराज खनाल महेश ,कोषाध्यक्ष शारदा घिमिरे, शुद्धोधन–४ का अध्यक्ष चिन्तामणी गैरे लगायत नेता कार्यकर्ताको सहभागी रहेको थियो । सन्तराम चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुर्गा पोखरेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।