सुदिप खत्रीको संयोजकत्वमा अव्यवस्थित तार व्यवस्थापन अभियान संचालन

कुमार गुरुङ-बुटवल
लखन ब्रदर्स क्लव सुख्खानगरले अव्यवस्थित तार व्यवस्थापन अभियान गएको मङ्सिर २५ गत्ते देखि अध्यक्ष सुदिप खत्रीको संयोजकत्वमा २१ औ दिन सम्म निरन्तर चली रहेको बताए।
बुटवल उपमहानगर पालिकाको वडा न-८ सुख्खानगरका प्रत्येक टोलमा बिजुली पोलमा लत्रीएर रहेका नेटवर्क केबल र टेलिफोन तारहरुको व्यवस्थापन गर्दै आई रहेको र प्रत्येक दिन क्लवका सदस्यहरु १० जनाको टोलि पोलमा लत्रीएर रहेका अव्यवस्थित तारहरुलाई क्लिप लगाएर बाध्ने तन्काएर व्यवस्थापन गर्ने कार्यमा लागिरहेको र अब केही दिनमा ८ न वडाभित्रका तारहरु व्यवस्थापन गरेर सकिने बताए। यसरि व्यवस्थापन गरिए पछि टोल,सुन्दर सफा देखिने साथै केहि महिना अघि अव्यवस्थित तारका कारण शिवालय मन्दिर नजिक बिजुली पोलमा भएको आगालागी जस्ता दुर्घटना बुटवलका अन्य ठाउहरुमा पनि हुने गरेकाले यो अभियानले यस्ता दुर्घटना न्युनी करण गर्न सक्ने संयोजक सुदिप खत्रीले बताए। यसरी क्लवले आफनै लगानिमा तारहरु व्यवस्थापन गरि रहदा पनि सम्बन्धित निकाय र स्थानिय निकायको त्यस तर्फ ध्यान नगएको बताए। क्लव २०७९ सालमा औपाचरिक रुपमा दर्ता भएता पनि दर्ता हुनु भन्दा अगावै पनि क्लवले विभिन्न सामाजिक कार्यहरु गर्दै आएरहेको बताए।