तमू साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति वितरण कार्यक्रम सप्पन्न

पुराण गुरुङ
सुनवल, अषाढ ३०,
तमू साँस्कृतिक प्रतिष्ठान नेपालको छात्रवृत्ति वितरण कार्यक्रम आज सुनवलमा सप्पन्न भएको छ ।कार्यक्रममा नवलपरासी, नवलपुर र रुपन्देहीका १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । २०७६ सालमा छनौटमा परेका ६ जनालाई चौथोपटक र २०८० सालका नवलपुरका भानुदय नमुना मा वि दुम्किबासका आस्थिका गुरुङ र सुवास गुरुङ, नवलपरासी सुनवलका लुम्बिनी मा वि का एलिजा गुरुङ, भगवती मा विअ का विन्दु गुरुङ, ज्योति मा वि का किस्मत गुरुङ र रुपन्देही देवदह, भविष्य निर्माण मा वि का प्रीति गुरुङ, र कालिका मानवज्ञान मा वि, बुटवलका सर्भी गुरुङले जनही ८,०००/- का दरले छात्रवृत्ति प्राप्त गरेका छन् । निज विद्यार्थीहरुले कक्षा ९-१२ सम्म अध्ययन गर्दै जाँदा ४ वर्षसम्म प्राप्त गर्नेछन् । यो छात्रवृत्ति कार्यक्रम यस क्षेत्रमा चौथो पटकको कार्यक्रम हो ।कार्यक्रममा अध्यक्ष तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद नवलपरासीका अध्यक्ष सीता त्होर्जे तमूप्रमुख अतिथि तमू ह्युल छोंज धीं केन्द्रीय सल्लाहकार ठाकुरजङ्ग म्होब्छैं तमूविशेष अतिथिहरु तमू ह्युल छोंज धीं केन्द्रीय सदस्य मिलन तमू, तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष देवी बहादुर प्हच्यु तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीँका केन्द्रीय महिला विभाग प्रमुख सोमिया तमू, तमू प्ये ल्हु संघका लुम्बिनी प्रदेश अध्यक्ष तेज बहादुर तमू, लुम्बिनी मा वि, सुनवलका अध्यक्ष गंगाबहादुर गुरुङ, ज्योति मा वि सुनवलका शिक्षाक केशव अधिकारी, भगवती मा वि का शिक्षाक मुनाल गुरुङ्ग, भानुदय मा वि नवलपुरका शिक्षाक मदन गुरुङ्ग, विद्यार्थी प्रश्ना गुरुङ, अभिभावक धनबहादुर गुरुङ आदिले तमू आफ्ना प्रतिष्ठानप्रतिको प्रोत्साहन, सहयोग गरेको सकारात्मक प्रतिक्रिया मन्तव्यमा व्यक्त गरेका थिए ।

संस्थाका आजीवन सदस्य तथा नवलपरासी/नवलपुरका छात्रवृत्ति संयोजक पुराण गुरुङद्वारा संचालित कार्यक्रमको स्थानीय व्यवस्थापन तमू ह्युल छोंज धीं, तमुस्यो ह्युल छोंज धीं, नेपाल तमू विद्यार्थी छोंज धीं नवलपरासी र हर्दिया बनकट्टी इकाईले संयुक्त रुपमा गरेका थिए ।