तमुस्यो माङी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीद्वारा उद्घोषण तालिम सम्पन्न

बुटवल । तमुस्यो माङी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीद्वारा आयोजित ३ दिने उदघोषण तथा खेमालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बुटवल । तमुस्यो माङी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति रुपन्देहीद्वारा आयोजित ३ दिने उदघोषण तथा खेमालिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
आफनो व्यक्तित्व विकासका लागि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला रुपन्देही बेसक्याम्पमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सहजिकरण गर्दै अध्यक्ष तमुस्यो माङी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्लाका जुनमाया गुरुङले सबैको सामु निर्धक्कसँग परिचय दिन र बोल्न सक्नु हुनुपर्छ भन्ने भावनाले यस प्रशिक्षण कार्यक्रम राखिएको बताए ।
प्रशिक्षणबाट सिकेको कुरालाई ध्यानमा राख्दै सबै जनाले लागु गर्नु हुनेछ भन्ने आशा लिएको छु र भोलिका दिनमा पनि फेरि यस्तै कार्यक्रम ल्याउने बताए । कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो कार्यक्रम मा खेमालिप प्रशिक्षक भिम गुरुङ र मनु गुरुङले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला रुपन्देहीका अध्यक्ष ऋी बिमला गुरुङले तालिममा सिकेको कुरा व्यहारमा लागू पर्नु पर्ने बताइन् । कार्यक्रममा प्रशिक्षार्थी नन्दा गुरुङले पनि प्रशिक्षण कार्यक्रममा भाग लिन पाउदा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रममा तमु माङी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ५ न. प्रदेश प्रमुख हौमाया गुरुङ तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला सचिव ओमप्रकाश गुरुङ तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कोषाध्यक्ष ऋी मनप्रसाद गुरुङ, नेपाल गुरुङ विद्यार्थी छोंज धीं केन्द्रीय भाषा साहित्य तथा संस्कृति विभाग प्रमुख एवम् खेमालिपी प्रशिक्षक ऋी पोबिन्द्र गुरुङ आदीको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालक बविता गुरुङले गरेका थिए ।