शुक्रबार, २८ चैत्र २०८१ २१:१२

माओवादी सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

शनिबार, ५ कार्तिक २०७९ ११:२६

बुटवल, कार्तिक ५ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानु प्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिव प्रसाद गैरे एमाले प्रवेश गरेका छन् ।

सल्लाहकार द्वयलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए । पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए । उनीहरू पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरु एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए ।

एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेता रहेको बताए ।