शुक्रबार, १६ चैत्र २०८० ०३:३३

नेकपा (एमाले) निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन

मंगलवार, १ चैत्र २०७८ १३:५७

भुजौली, नगेन्द्र केसी

शुद्दोधन गाउँपालिका ५ मानपकडी रुपन्देही स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन प्रचारप्रसार कार्यालयकाे उद्घाटन कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ। सो उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं ५का सांसद तुल्सी चौधरीले उद्घाटन गर्नुभएको थियोे।

शुद्दोधन गाउँपालिका ५ नेकपा एमाले कमेटीका अध्यक्ष मेरसिंह थापाको अध्यक्ष्यतामा र प्रदेश नं ५ का सांसद तुल्सी चौधरीको प्मारमुख आथित्यतामा नेकपा एमाले शुद्धदोन इन्चार्ज नरबहादुर घर्ती शुध्दाेधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीको विशिष्टतामा साे उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। साे कार्यक्रममा नेकपा एमाले शुद्दोधन गाउँपालिका का अध्यक्ष विष्णु गौतम, शुद्दोधन गाउँपालिका ५ का वडा अध्यक्ष पुन्नेराम गौतम,नेकपा एमाले जिल्ला सदस्य विष्णु कार्की, शुद्दोधन गाउँपालिका ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल, नेकपा एमाले शुद्दोधन इन्चार्ज नरबहादुर घर्ती,लगायतले शुभकामना मन्तब्य दिएका थिए। शुद्दोधन गाउँपालिका का उपाध्यक्ष किरण नेपालकाे स्वागतमा र नेकपा एमाले शुद्दोधन गाउँपालिका ५ का सचिव विष्णुप्रसाद ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।